
काठमाडौं । नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिका कारण अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उपसभापति निधिले पार्टीको नीति र उनले देखाएको व्यवहारले चिन्ताजनक स्थिति सृजना गरेकाले आफूले राजीनामा लिएको बताएका छन् ।
पार्टीमा सदस्यता वितरण, कार्यकर्ता समायोजन र नवीकरणका क्रममा निधिको व्यवहारका कारण नेपाली काँग्रेस गतिशील बनाउन अवरोध गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन।
प्रतिक्रिया दिनुहोस