
नेपाल आउने भारतीय उत्पादनको नमुना परीक्षण गर्न पैसै लाग्दैन। सामान्य बाटा खर्चले पुग्छ। त्यही काम गराउन नेपाली व्यवसायीले भने एउटा नमुनाको १ लाख ५० हजार रुपैयाँ तिर्दै आएको समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
‘आफै गएर नमुना परीक्षण गरेर ल्याउन भेउ पाइँदैन। भारतीय भन्सार एजेन्टलाई पठाउनुपर्ने बाध्यता छ’, अलैँची व्यवसायी महासंघका सचिव मातृृका घिमिरेले भने, ‘उनीहरुले नमुना लिएर गएदेखि आएसम्मको खर्च १ लाख ५० हजार माग्छन्।’
पहिले व्यापारी यसका लागि आफैं कोलकाता जान्थे। झन्झटिलो भएपछि एजेन्ट प्रयोग गर्न थालेका हुन्। एकपटक परीक्षण गरेको रिपोर्टले ३ महिनासम्म काम गर्छ। वर्षको ४ पटकसम्म एउटै उत्पादनको नमुना परीक्षण गर्नुपर्छ। ‘वर्षको ७ लाखभन्दा माथि त नुमना परीक्षणमै सकिन्छ’, उनले भने। कोलकातामा धेरै नमुना पुग्ने गरेको भन्दै कम्तिमा १० दिनमा मात्रै एजेन्टले रिपोर्ट दिने गरेको नेपाली व्यापारीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस