
काठमाडौं । लगातारको वृद्धिसँगै ३ हजार २५ अंकसम्म उक्लिएर घटेको शेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहीबार पुनः ३ हजार अंकमाथि उक्लिएको हो । लामो समयसम्म नेप्से परिसूचक र कारोबार रकम दुवै घट्दै गएपछि बजारमा करिब डेढ महिनाको अन्तरालमा ३ हजार अंकमाथि उक्लिएको हो । बिहीबार तीव्र उतारचढावका बीच बढेर ३ हजार १८.१५ अंकसम्म उलिएको नेप्से परिसूचक १८.७५ अंकले बढेर ३ हजार ४.३१ अंकमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचकमा सुधार आएको दिन बिहीबार कारोबार रकम समेत उल्लेख्य रुपमा बढेको छ । दिनभर कुल २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर ११ अर्ब ११ करोड रुपैयाँ बराबरमा भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ अर्ब २२ करोड रुपैयाँ बराबर बढी हो । मंगलबार ३ करोड १६ लाख कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो ।
बुधबार इस्लाम धर्मावलम्बीहरुको महान चाड बकरइद (ईद उल अजहा) को अवसरमा सार्वजिक बिदा दिइएको कारण बजार बन्द रहेको थियो । साताको अन्तिम कारोबार दिन कृषि विकास बैंकको सबैभन्दा धेरै ४६ करोड २७ लाख तथा नेपाल बैंक र एनआईसी एसिया बैंकको बराबर ३६÷३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै, ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख र सिद्धार्थ बैंकको पनि ३२ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा सिइडिबी हाइड्रोपावर, ङादी ग्रुप, पोखरा फाइानान्स र माउन्टेन हाइड्रोका लगानीकर्ताले करिब १० प्रतिशतले कमाएका छन् ।
बिहीबार वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, बिमा र म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक राताम्य भएका छन् । व्यापार समहूको परिसूचक सबै भन्दा धेरै २।०२ प्रतिशतले राताम्य भएको छ ।
प्रतिक्रिया दिनुहोस