aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अनिल अम्बानीको फोन नम्बर समेत पेगासस जासुसीको सूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
अनिल अम्बानीको फोन नम्बर समेत पेगासस जासुसीको सूचीमा

भारतीय उद्योगपति अनिल अम्बानी पनि पेगासस जासुसीको सूचीमा रहेको खुलासा भएको छ । उनीसँगै सिबिआईका पूर्व निर्देशक आलोक बर्मा पनि जासुसको निशानामा रहेको द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको एक रिपोर्टमा उल्लेख छ । 

द वायर नामक समाचार पोर्टलमा प्रकाशित समाचारका आधारमा तयार पारिएको सो रिपोर्टमा सिबिआईका अर्को पूर्व विशेष निर्देशक राकेश अस्थाना र एके बर्माको फोन पनि जासुसी भइरहेको उल्लेख गरिएको छ । 

उद्योगपछि अनिल अम्बानीका कर्मचारी टोनी जेसुडान र फ्रान्सको कम्पनी दासोएडिएसनका भारत स्थित प्रतिनिधि बैंकट रावको नम्बर पनि सो सूचीमा छ । अनिल अम्बानी र उनका कर्मचारीको नम्बर सन् २०१८ मा नै जासुसीमा परेको हो । त्यो बेला भारतमा राफेल लडाकु विमान खरिद प्रक्रियाबारेको चर्चा उत्कर्षमा थियो । र, यसबारे अदालतमा मुद्दा समेत हालिएको थियो । 

स्मरण रहोस् अनिल अम्बानीको कम्पनीले सो विमान खरिदको ठेक्का पाएको थियो । फ्रान्सको खोजी पत्रकारिता गर्ने संस्था फरबिडन स्टोरीजले संसारभरका १६ वटा सञ्चार संस्थाहरूसँग मिलेर पेगासस प्रोजेक्ट मार्फत यसरी जासुसीमा परेका फोन नम्बरहरूको सूची सार्वजनिक गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस