
एजेन्सी । पोर्न फिल्म बनाएको आरोपमा गिरफ्तारीमा परेका बलिउड फिल्म निर्माता राज कुन्द्राले मुम्बई पुलिसलाई २५ लाख घुस दिएको खुलासा भएको छ । भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सका अनुसार कुन्द्राले आफूमाथि अनुसन्धान सुरु भएको थाहा पाएपछि पक्राउ नगर्न भन्दै मुम्बई पुलिसलाई सो रकम घुस बापत उपलब्ध गराएका हुन् ।
भारतको भ्रष्टाचार निरोधक ब्युरोका अधिकारीका अनुसार पुलिसका उच्च अधिकारीलाई उनले घुस दिएका हुन । महाराष्ट्र एसीबीका अधिकारीहरूले भने अनुसार यो मामिलामा अभियुक्त मानिएका यस ठाकुर अर्थात् अरविन्द सिर वास्तवका चार वटा इमेलहरू पुलिसले फेला पारेको छ । जसमा उनले कुन्द्रासंग घुस मागेका थिए ।
सिर वास्तवका यी इमेलहरू मुम्बई पुलिसलाई एसीबीले ३० अप्रिलमा नै उपलब्ध गराइसकेका थिए । त्यसपछि कारबाही स्वरूप सिर वास्तव र उनका परिवारका बैंक खाताहरू रोक्का गरिएका छन् । जसमा साढे ६ करोड भारतीय रुपैयाँ रहेको छ ।
जुलाई १९ मा पक्राउ परेका राज कुन्द्रा र उनको कम्पनीका आइटी प्रमुख सियान फोर्प अहिले पनि प्रहरी हिरासतमा नै छन् । समाचारहरूमा उल्लेख भए अनुसार कुन्द्राले आफूमाथिका कुनै पनि आरोपहरूलाई स्वीकार गरेका छैनन । त्यसैगरि, धेरैजसो प्रश्नको जवाफ दिन नै इन्कार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस