
काठमाडौं । अर्थमन्त्रालयले जारी गर्ने भनेको श्वेतपत्रका बारेमा सरोकारवालासँग छलफल थालको छ । शुक्रबार १ बजे अर्थमन्त्रालयमा श्वेतपत्र जारी गर्ने विषय र अन्य आर्थिक क्षेत्रका बारेमा छलफल गर्न बोलाइएको अर्थमन्त्रालयले जनाएको छ ।
बैंक वित्तीय संस्था परिसंघका उपाध्यक्ष भोजबहादुर शाहका अनुसार अर्थमन्त्रालयले १ बजे अर्थमन्त्रालयमा हालको आर्थिक स्थिति र चर्चामा आएको श्वेतपत्र जारी गर्ने विषयमा छलफलका लागि बोलाएको छ ।
आर्थिक वर्ष २०७८/७९ बजेट अध्यादेश मार्फत जारी भइसकेपछि विभिन्न क्षेत्रका छातासंगठनहरुले अर्थमन्त्रालयमा आफ्ना धारणा र माग पेश गरिरहेका छन् । आजको छलफलमा उद्योग व्यवसायी क्षेत्रका छातासंगठनहरुलाई भने बोलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस