aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

भीम रावलद्धारा सांसदबाट दिएको राजीनामा फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
भीम रावलद्धारा सांसदबाट दिएको राजीनामा फिर्ता

काठमाडौं । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। 

रावलको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।   

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए।  

प्रतिक्रिया दिनुहोस