aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

चीनले पनि लगायो अमेरिकी माथि प्रतिबन्ध, झन् बढ्यो तनाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ साउन २०७८
चीनले पनि लगायो अमेरिकी माथि प्रतिबन्ध, झन् बढ्यो तनाव

एजेन्सी। चीनले अमेरिकी वाणिज्य सचिव विल्बर रसलगायत धेरै अमेरिकी नागरिकलाई प्रतिबन्ध लगाएको छ। अमेरिकी उप विदेश सचिव वेंडी शेर्मनको चीन भ्रमणको पूर्व सन्ध्यामा उसले यस्तो प्रतिबन्ध घोषणा गरेको हो।  अमेरिकी राष्ट्रपति जो वाईडेनका विश्वासपात्र मानिएका अमेरिकी कुटनीतिज्ञको भ्रमण समय २४ घण्टा भन्दा कम रहेको बेला चीनले लगाएको यो प्रतिबन्धले यी दुई देशबिच थप तनाव बढाएको छ। 

चीनले हालै आएको अमेरिकी निर्णयको प्रतिक्रियामा यो निर्णय लिएको हो। अमेरिकाले हंगकंगका चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।  वाईडेन प्रशासनले चीनको यो निर्णयलाई 'अर्थहीन' र 'निराशावादी' भनेको छ।

हंगकंगमा चिनियाँ अधिकारीहरूलाई उक्त क्षेत्रमा नागरिकलाई दमन गर्ने काम गरेको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकाले हनकंगमा व्यापार गरिरहेका आफ्ना नागरिकलाई त्यहाँ हुने खतराबारे चेतावनी पनि दिइसकेको छ।

गत वर्ष हंगकंगमा ठुलो मात्रामा प्रजातन्त्र समर्थक प्रदर्शनहरू भएका थिए त्यसपछि चीनले त्यहाँ राष्ट्रिय सुरक्षा कानुन लगायो। यस कानुनमा हडताल, विरोध र विदेशी सेनासँगको सम्बद्धतालाई अपराध मानिएको छ र यसका लागि व्यक्तिलाई आजीवन कारावासको सजाय हुन सक्छ।

हालैका प्रतिबन्धहरूको घोषणा गर्दै चिनियाँ विदेश मन्त्रालयले भने कि अमेरिकी प्रतिबन्ध हंगकंगको व्यापार वातावरणलाई निराधार बनाउन र अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्न लगाइएको थियो। चिनियाँ विदेश मन्त्रालयले भनेको छ कि यसको बदलामा उसले अमेरिकी वाणिज्य सचिव विल्बर रसलगायत सात अमेरिकी नागरिक र सङ्गठनलाई प्रतिबन्ध लगाइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस