aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

त्रिवि उपप्रध्यापकले आफूलाई नभेटे परिक्षामा फेल गरिदिने धम्की

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
त्रिवि उपप्रध्यापकले आफूलाई नभेटे परिक्षामा फेल गरिदिने धम्की

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो ।


उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिसर कीर्तिपुरमा उजुरी परेको छ । उजुरीकर्ता छात्रा स्नातकोत्तर तह तेस्रो समेस्टरमा पढिरहेकी छिन् । 

कोइरालाले पहिलो सेमेस्टरदेखि नै आफूलाई भेटेमात्र परीक्षामा उत्तीर्ण हुने अन्यथा पढाइ नै बिगारिदिने धम्की दिएको उजुरीकर्ता छात्राले आरोप लगाएकी छिन् । कोइरालाले टेलिफोन र फेसबुक च्याटसमेतमा सताउने गरेको छात्राले आरोप लगाएकी छिन् ।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ  

प्रतिक्रिया दिनुहोस