aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बैंकको किस्ता नबुझाउंदा भैसी नै जफत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
बैंकको किस्ता नबुझाउंदा भैसी नै जफत

चन्दननाथ नगरपालिका - ७, मिचागाउँका दत्त सार्कीले स्वभालंबन बैकबात गत वर्ष भैसी पालनको लागि ८० हजार रुपयाँ ऋण लिए।वार्षिक १२ देखि १८ प्रतिशत ब्याजदरमा ऋण लिएका सार्कीले ६ महिनाको अवधिमा झन्डै ४० हजार ऋण चुक्ता गरिसकेका थिए।

भैसी पालेर दुध बेच्ने, केहि कमाउने, ऋण तिर्ने र परिवार चलाउने आशा उनको थियो । तर, भीसीले दुध दिन छ्द्यो, आम्दानी घट्दै गयो। उनले समयमा किस्ता तिर्न सकेनन् । अहिले स्वभालंबन बैंकले किस्ता तिर्न ढिलो भयो भन्दै भैसी नै जफत गरेर लागेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस