
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिताका लागि कारागारमा रहेका रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन् । जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्। यसैबीच केहीबेरमा कारागारबाट रेशम चौधरी पनि आयोग जाने भएका हुन् ।
जसपाका नेपाल राजकिशोर यादवले चौधरी निर्वाचन आयोग आउन लागेको बताए । उनले भने, ‘जसपाको बैधानिकता हामीले नै पाउँछौं । हामीसंग दुईतिहाइ सदस्यहरु छन् । कतिपयले सनाखत गरिसके । कतिपय आउँदै हुनुहुन्छ ।’ उनले अगाडी थपे, ‘रेशम चौधरी पनि निर्वाचन आयोग आउँदै हुनुहुन्छ ।’
आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो। यता महन्थ ठाकुर पक्ष भने हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएको थियो। उक्त निवेदनलाई आयोगले अस्विकार गरेको छ।
प्रतिक्रिया दिनुहोस