aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ नियुक्त

काठमाडौं । सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस