aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

१ सय ५५ देशसँगको व्यापारमा २५ वटामा मात्रै नाफा

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, १३ साउन २०७८
१ सय ५५ देशसँगको व्यापारमा २५ वटामा मात्रै नाफा

काठमाडौं । नेपालले गत आर्थिक वर्षमा १ सय ६१ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । तर, आव २०७७(०७८ मा १ सय ६१ मुलुकसँग आयात–निर्यात गर्दा १ सय ४० वटामा व्यापारघाटा रहेको छ भने २१ वटा मुलुकसँग मात्र व्यापार नाफामा रहेको छ । अघिल्लो आवमा १ सय ५५ व्यापार गरेकोमा २५ वटा देशसँग नाफा व्यापार रहेको थियो । गत आवमा व्यापार गर्ने मुलुक बढे पनि नेपालको व्यापार नाफा हुने देश भने घटेका छन् ।

व्यापार नाफामा रहेका मुलुकहरूमध्ये साइरन अरब रिपब्लिका, क्यालिडोनिया, मोनाको, मादिभ्स, लेबनान, कन्गो, इस्टोयिना, बोस्टानिया, अजरबैजान, होन्डुरसलगायतका मुलुक रहेका छन् । ती मुलुकबाट आयात कम हुँदा नाफामा रहेका हुन् ।

छिमेकी मुलुक भारतमा सबैभन्दा धेरै व्यापार हुने गर्छ । आयात–निर्यात दुवै भारतमा धेरै हुने गर्छ । यो वर्ष १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको आयात हुँदा भारतबाट मात्र ९ खर्ब ७१ खर्ब ६० करोड ३९ लाख ४५ हजार रुपैयाँ आयात भएको छ ।

सो अवधिमा नेपालबाट १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको निर्यात हुँदा भारतमा मात्र १ खर्ब ६३ करोड ७२ लाख ५५ हजार रुपैयाँको निर्यात भएको छ । सबैभन्दा धेरै व्यापारघाटा भारतमा ८ खर्ब ६५ अर्ब २३ करोड १८ लाख ९० हजार रुपैयाँ रहेको छ ।

चाइनाबाट २३ अर्ब ३९ करोड २३ लाख ६० हजार रुपैयाँको आयात भएकोमा १ अर्ब १६ करोड ५७ लाख रुपैयाँको निर्यात भएको छ । तीन वर्ष अघिदेखि अमेरिका समेत व्यापार घाटामा गएको छ ।

एक वर्षमा १९ अर्ब ५० करोड १४ लाख १६ हजार रुपैयाँको आयात हुँदा अमेरिकामा १३ अर्ब ७९ करोड ३५ लाख ३४ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । अमेरिकाबाट झन्डै ७ अर्बको भटमासको कच्चा पदार्थ आयात हुँदा व्यापार घाटा बढ्दै गएको हो ।

यस्तै १ अर्ब २० करोड ३३ लाख ७१ हजारको सामान भुटानबाट आयात हुँदा ६३ करोड ६३ लाख ३२ हजार रुपैयाँको निर्यात भएको छ । मुलुकमा आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा नेपालले धेरै मुलुकसँग व्यापारघाटा बेहोर्नुपरेको छ । एक वर्षका अवधिमा समग्र व्यापारघाटा २७ प्रतिशतले बढेर १३ खर्ब ९८ अर्ब ७१ करोड २९ दाख ८७ हजार पुगेको छ ।

आयात बढ्दै गए पनि नेपालबाट निर्यात बढाउन नसक्दा नेपालले धेरै मुलुकसँग व्यापारघाटा बेहोर्दै आएको व्यापार विज्ञ रविशंकर सैंजू बताउँछन् । नेपालमै उत्पादन हुने, आलु चिप्स, भुजिया, हरियो तरकारी ठूलो परिणाममा आयात भइरहेका छन्, उनले भने, “बढ्दो आयात कम गर्नका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ ।”परम्परागत उद्योगहरूमा उत्पादनको लागत घटाउन तेस्रो मुलुकबाट आयात हुने सामान भारतबाट ल्याउँदा सस्तो पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस