aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

६० प्रतिशत अमेरिकी डाक्टरले नै लगाएनन् खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ साउन २०७८
६० प्रतिशत अमेरिकी डाक्टरले नै लगाएनन् खोप

काठमाडौं । अमेरिकामा नै ६० प्रतिशत डाक्टरहरूले कोरोना भाइरस विरुद्धको खोप नलगाएको हालै गरिएको एउटा सर्वेक्षणमा देखिएको छ । एसोसिएसन अफ अमेरिकन फिँजिसिएन एन्ड सर्जन (एएपीएस)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा यस्तो देखिएको हो । 

एएपीएसका अनुसार सात सय जना फिजिसियनले यस्तो सर्वेक्षणमा भाग लिएका थिए । इन्टरनेट मार्फत गरिएको यस्तो सर्वेक्षणमा लगभग ६० प्रतिशत डाक्टरहरूले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा नलगाएको बताएका हुन् । 

यो सर्वेक्षणको नतिजा अमेरिकन मेडिकल एसोसिएसनले यस अघि दाबी गरेको ९६ प्रतिशत चिकित्सकहरूले खोप लगाएको भन्ने रिपोर्टसँग बाझिएको छ । सो रिपोर्ट जम्मा तीन सय जना चिकित्सकहरू मात्र सहभागी भएको सर्वेका आधारमा तयार गरिएको थियो । 

सर्वेक्षणमा अमेरिकी डाक्टरहरू आम मानिसहरूलाई खोप लगाउनका लागि प्रोत्साहित नगरिएको समेत देखिएको छ । उनीहरू मध्ये धेरैले खोपका कारण मानिसहरूमा देखा पर्ने नकारात्मक प्रभावबारे आफूहरूलाई ज्ञान रहेको समेत बताएका छन् । सहभागीहरू मध्ये ५४ प्रतिशतले मानिसहरूमा खोपको नराम्रो असर पर्न सक्ने कुरा स्वीकार गरेका हुन् । 

खोप नलगाउनेहरू मध्येका ८० प्रतिशत डाक्टरहरूले खोपको कारण निकै नै बढी खतरा र अन्य रोगहरू समेत लाग्ने सम्भावना रहेको आफ्नो विश्वास रहेको बताएका छन् । जसमध्ये ३० प्रतिशतले पहिले नै आफूलाई कोरोना लागिसकेको जानकारी दिएका छन् । 

खोप नलगाउनुको कारणबारे जानकारी दिँदै ती नलगाउने डाक्टरहरूले भनेका छन्– खोपका कारण शरीरमा दीर्घकालीन असर हुनसक्छ । र, खोप अझैसम्म परीक्षणकै चरणमा छ । त्यसबाहेक खोपका कारण देखिएका समस्या र रगत जम्ने जस्ता घटनाहरूका कारण आफूहरूलाई खोपमा इच्छा नलागेको उनीहरूको भनाइ छ । 

सो एसोसिएसनका कार्यकारी निर्देशक जान वरियन्टले यसैका आधारमा डाक्टरहरू खोप विरोधी नै हुन भन्न चाहिँ नमिल्ने बताएका छन् । उनले भनेका छन्– कुनै पनि डाक्टरहरू यान्टिबायोटिक वा शल्यक्रियाको विरोधी भने हुँदैनन् । तर, यान्टिबायोटिक र अपरेसनले बिरामीमा धेरै नकारात्मक असर पार्छ भन्नेमा धेरै नकारात्मक असर पार्छ भन्नेमा उनीहरू स्वीकार गर्छन् । 

 

 

प्रतिक्रिया दिनुहोस