aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सर्पले टाेकेर सात वर्षीया बालिकाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
सर्पले टाेकेर सात वर्षीया बालिकाको मृत्यु

सर्पको टोकाइबाट झापामा एक बालिकाको मृत्यु भएको छ।

झापा गाउँपालिका-६ की सात वर्षीया निरुता गोसाइको सोमबार मृत्यु भएको हो। सुतिरहेको अवस्थामा बिहान २ बजे गोमन सर्पले उनलाई टोकेको थियो।

थाहा पाउनासाथ उपचारको लागि सर्पदंश उपचार केन्द्र कन्काई नगरपालिका-४ कोटी होम लगिएकोमा उपचारको क्रममा निरुताको बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस