
काठमाडाैं । स्थानीयलाई सिरिन्ज हान्ने प्रयास गर्दागर्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काभ्रेको बनेपामा सिरिन्ज आक्रमण गर्न खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउ गरेका छन्।
आक्रोशित स्थानीयले ती व्यक्तिलाई कडा कारबाही माग गर्दै प्रहरी कार्यालयमा घेराउ र प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय, काभ्रेले सिरिन्ज आक्रमण गराउन खोज्ने ती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएको छ।
आक्रमणको आरोप लागेका व्यक्तिको परिचय खुल्न र थप जानकारी अाउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस