aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आखिर थामेन खोपले, अमेरिकामा बढे संक्रमित, तेस्रो डोज आवश्यक पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ साउन २०७८
आखिर थामेन खोपले, अमेरिकामा बढे संक्रमित, तेस्रो डोज आवश्यक पर्ने

एजेन्सी । कोरोना विरुद्धको खोपको प्रभावकारिताबारे अनेकौँ प्रश्न उठीरहेका बेला सर्वाधिक खोप लगाइएका अमेरिकाका केहि सहरहरुमा कोरोना संक्रमितको संखया ह्वात्तै बढेको छ । 

ठुलो मात्रामा खोप कार्यक्रम सञ्चालन गरिएको क्यालिफोर्निया, लसएञ्जल, सनडिएगो, अल्टेण्डा र सनफ्रान्सिस्को जस्ता अमेरिकी राज्यहरुमा लगभग सम्पूर्ण जनसंख्यालाई खोप लगाइएको भए पनि पछिल्ला दिनमा संक्रमितको संख्या त्यहि रुपले बढेको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

अमेरिकाको क्यालिफोर्निया र नियोर्क सहरमा त झन धेरै जनसंख्यालाई खोप लगाइएको थियो । तर, त्यहाँ अहिले संक्रमितको संख्या पनि उस्तै गतिले बढेको देखिन्छ । त्यसो त बुधबार मात्र प्रकाशित एक अनुसन्धान रिपोर्टले अमेरिकाको फाइजर र बायोनटेक कम्पनीले बनाएका खोपहरु ९६ प्रतिशत प्रभावकारी रहेको भनिदै आएकोमा सो तथ्य गलत रहेको प्रमाणित गरेको छ । 

उक्त रिपोर्ट अनुसार ती खोपहरु लगाएको ६ महिना नकट्दै यसको प्रभावकारीता ८४ प्रतिशतमा झरेको देखिएको हो । फाइजरको खोपको प्रभावकारिता ६४ प्रतिशत मात्र देखिएको यसअघि नै इजरायलको स्वास्थ्य मन्त्रालयले बताइसकेको छ । 

सो इजरायली दाबीलाई पुष्टि गर्नेगरि नयाँ अनुसन्धान रिपोर्ट बाहिर आएपछि खोपको तेस्रो डोज समेत आवश्य रहेको पुष्टि भएको छ । हालै प्रकाशित रिपोर्टमा ४४ हजार जना स्वयमसेवकहरुमा गरिएको अनुसन्धानका आधारमा तयार गरिएको हो । 

अलिहे नेपालमा समेत व्यापकरुपमा लगाइरहेको जोन्सन एण्ड जोन्सन खोपको प्रभावकारिता कति समयसम्म रहन्छ भन्नेबारे अहिलेसम्म कुनै अध्ययन गरिएको छैन । जबकी मोर्डनाको खोप भने ६ महिनापछि सम्म पनि ९० प्रतिशत प्रभावकारि रहने सो कम्पनीले दुई महिना अघि जारी गरेको प्रेश विज्ञप्तिमा भनिएको छ । 

पछिल्लो रिपोर्ट तयार गर्दा विश्वका सबै क्षेत्रमा बस्ने भिन्दाभिन्दै जात र समुदायका मानिसहरुलाई अध्ययनमा समावेश गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस