aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा १ करोडमाथिको  कारोबारमा २ प्रतिशत टिडिएस तिर्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
भारतमा १ करोडमाथिको  कारोबारमा २ प्रतिशत टिडिएस तिर्न पर्ने

 एजेन्सी । गत शुक्रबार भारतकी वित्ती मन्त्री निर्माला सीतारमणले बजेट मार्फत १ करोडभन्दा बढी रकम करोबारमाथि निगरानी बढाउन २ प्रतिशत टिडिएस( स्रोतमा कर कट्टी ) लगाउने घोषणा गरेकी छिन । टाइम्स अफ इन्डियाका अनुसार भारतमा वार्षिक १ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनी र व्यक्ति करिब १.७५ लाख रहेको जनाएको छ । 

सन् २०१७ ०१८ मे महिनामा १ं७५ लाखभन्दा बढी व्यक्ति र फर्मले एक करोडभन्दा बढी कारोबार गरेका थिए । यो करोबारको केहि हिस्सा कानुनी र  अन्य गैरकानुनी रहेको थियो । यस्तो कारोबारमा २ प्रतिशत टिडिएस लगाएर सरकारले सबै फर्म र व्यक्ति माथि नेगरानी बढ्ने छ र सबैको सहि सूचना सरकारसँग रहने छ र अग्रिम कर भुक्तानीमा उक्त टिडिएस बापत तिरेको रकम समायोजन गरिने छ । 

पत्रिकाका अनुसार सन २०१७( १८को मे महिनामा एक लाखभन्दा बढी प्यान लिने १ देखि २ करोडसम्म नगद कारोबार गर्ने भेटिएका थिए । यसमा करिब ५०० व्यक्ति र फर्मले आफ्ना बैंक खाताबाट १०० करोड रुपैयाँभन्दा बढी नगदै निकालेका थिए ।  

भारतीय बैंकमा रहेका चल्ती खाताको सम्पूर्ण हिसाव सरकारलाई दिने गरेको छ । भारतमा नगद कारोबारलाई निस्तेज गर्न अनलाइन कारोबारलाई बढावा दिन डिजिटल कारोबारलाई प्राथमिकता दिइरहेको छ । भारतमा नगद कारोबारलाई प्रतिस्थापन गर्न भिम युपीआइ, यूपीआइ क्युआर कोड आधार पे, एनइएफटी र आरटीजीएस जस्ता डिजिटल पेमेन्ट प्रणाली बनाइएका छन् । 

वित्त मन्त्री निर्मलाले बजेट भाषणमा एक वर्षमा बैंक खाताबाट एक करोडभन्दा बढी नगद करोबार गर्नेलाई थप २ प्रतिशत टिडिएस लिने बताइकी थिइन । यो लागू गर्नलाई  भुक्तान प्रणाली २००७लाई संशोधन समेत गर्ने घोषणा गरेकी छिन । 
 

प्रतिक्रिया दिनुहोस