aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

१ सय ७५ पिस सुनका रिङ्ग र ५० ग्राम सुनको वालासहित ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
१ सय ७५ पिस सुनका रिङ्ग र ५० ग्राम सुनको वालासहित ३ जना पक्राउ

काठमाडौं । हिमालयन एयर लाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका मोरङ कानिपोखरी घर भएका लिला बहादुर बस्नेतलाई लुकाई छिपाई ल्याएको ४ सय ग्राम सुन सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौं र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीले  विमानस्थलको आगमन कक्षमा बस्नेतले वोकी ल्याएको झोला खानतलासी गर्दा २२ थान वच्चाको ड्राइपरको वटनभित्र मेशिनले प्याक गरी ससाना रिङ वनाई लुकाई छिपाई ल्याएको १ सय ७५ पिस सुनका रिङ्ग र ५० ग्राम सुनको वाला गरी उक्त परिमाणको सुन फेला पारेको हो । 

साथै उक्त सामान लिन आएका गोरखा पालुङ्गटार घर भएका २७ वर्षीय रुपेश गिरी र २६ वर्षीय टेक बहादुर थापालाई समेत प्रहरीले पक्राउ गरेको छ । 
यस सम्बन्धमा प्रहरीले  थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस