aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भारतीय प्रधानमन्त्रीका ट्वीटर फलोअर्स ७ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ साउन २०७८
भारतीय प्रधानमन्त्रीका ट्वीटर फलोअर्स ७ करोडभन्दा बढी

एजेन्सी । ट्विटरमा ७ करोड भन्दा बढी प्रशंसक का साथ, प्रधानमन्त्री नरेन्द्र मोदी अहिले विश्वव्यापी रूपमा सामाजिक सञ्जालमा सबैभन्दा बढी अनुसरण गरिएका सक्रिय राजनीतिज्ञ हुन । 

विभिन्न सामाजिक सञ्जालमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको १२ करोड ९८ लाख प्रशंसक छन्। यसैका साथ उनी सर्वाधिक रुचाइएका राजनीतिज्ञ बनेका छन्। मोदीलाई पछाडि पार्ने विश्व नेताहरूमध्ये पोप फ्रान्सिस एक हुन्। विभिन्न माइक्रोब्लगिंग साइटमा उनको ५ करोड ३० लाख अनुयायीहरू रहेका छन्।

त्यस्तै ट्वीटरमा सबै भन्दा बढी अनुसरण गरिएका भारतीय नेताहरूमध्ये केन्द्रीय गृहमन्त्री अमित शाह पनि रहेका छन्। उनको २ करोड ६३ लाख प्रशंसक रहेका छन्। जबकि कांग्रेस नेता राहुल गान्धीका १ करोड ९४ लाख प्रशंसक रहेका छन्।

सन् २००९ मा प्रधानमन्त्री मोदी गुजरातका मुख्यमन्त्री हँदा खेरी देखि नै उनले ट्वीटरको‌ प्रयोग गर्दै आएका हुन्। उनी सामाजिक सञ्जालले राजनीतिमा पार्न सक्ने प्रभावको बारेमा जानकारी राख्ने केही राजनीतिज्ञ मध्येका‌ एक हुन्। सन् २०१४ मा सत्ता प्राप्ति पछि प्रधानमन्त्री मोदीको प्रशंसक संख्या दिनानुदिन बढ्दै गएको छ। राजनीतिज्ञ र देशको प्रमुखबाट जे अपेक्षा गरिन्छ, त्यसै को प्रयोजनका लागि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालको प्रयोग गर्दै आएका छन्।

उनले आफ्नो पार्टीका लागि अभियान चलाउनुभयो, भारतलाई असर गर्ने मुद्दाहरूको बारेमा कुराकानी गर्नुभयो र देश र विदेश बिच भएको कूटनीति सम्बन्धबारे पनि ट्वीट गरेका थिए। यसैबीच, भारतीय प्रधानमन्त्री कार्यालय विश्वमा सर्वाधिक अनुसरण गरिएको संस्था बन्न पुगेको छ। यस संस्थाको ४ करोड ३२ लाख प्रशंसक रहेका छन्।

अन्य विश्व नेताहरूमध्ये संयुक्त राज्यका पूर्व राष्ट्रपति बराक ओबामाको १२ करोड ९८ लाख प्रशंसक रहेका छन् भने उनका वर्तमान समकक्षी जो बिडेन को ३ करोड ९ लाख प्रशंसक रहेका छन्। त्यस्तै अमेरिकी क्यापिटलमा भएको दंगा पछि ट्विटरबाट स्थायी रूपमा हटाइएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक ८ करोड ८७ लाख प्रशंसक रहेका थिए। इण्डियान्युज डटकम
 

प्रतिक्रिया दिनुहोस