aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सार्वजनिक गाडी चालकले अनिवार्य ड्रेस लगाउनु पर्ने व्यवस्था कडाइका साथ लागू गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
सार्वजनिक गाडी चालकले अनिवार्य ड्रेस लगाउनु पर्ने व्यवस्था कडाइका साथ लागू गर्दै

काठमाडौं । ट्राफिक प्रहरीले सार्वजनिक गाडी चालकले अनिवार्य रुपमा ड्रेस लगाउनु पर्ने व्यवस्था ल्याउने भएको छ । यस अघि माइक्रो बस र ट्याक्सीका चालकले मात्र ड्रेस लगाउँदै आएको छ ।

सार्वजनिक गाडी चालकहरुले ड्रेस लगाउनु पर्ने बिषयमा महानगरीय ट्राफिक प्रहरीको यातायात विभागसँग छलफल भइरहेको महानगरीय ट्राफिक प्रहरी प्रवक्त रवि कुमार पौडेलले बताए । अहिले सार्वजनिक यातायातमा कुन ड्रेस राख्ने भन्ने बिषयमा नै छलफल भइरहेको पौडेलले बताए । 

महानगरीय ट्राफिक प्रहरीले अहिले दैनिक २ हजार देखि २५ सय जति अनुशासन पालना नगरी सवारी साधनलाई जरिवाना तिराउँदै आएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ ले यातायात निरक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था गरेको छ सोही अनुसार ट्राफिकले जरिवाना तिराउदै  आएको प्रवक्ता पौडेलले बताए । 

सबै भन्दा बढी जरिवानामा पर्ने पनि दुई पाङ्ग्रे (मोटर साईकल र स्कुटि) रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । बिशेष गरी मोटर साइकल र स्कुटि लेन मिचेर कार्वाहीमा पर्ने गरेको बताए । 

मादक पदार्थ सेवन गरी साधन चलाउने सवारी चालकहरु दैनिक लगभग ८० देखि ९० हुने गरेको  प्रवक्ताले बताए ।  

दैनिक रुपमा लेन अनुशासन पालना नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा पर्ने सवारी चालकहरु भने २ सय जति रहेको प्रवक्ताले जानकारी दिए । 

प्रवक्ता पौडेलले भने “मादक पदार्थ सेवन गरी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालना नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनु पर्ने व्यवस्था गरे पनि यसलाई हामीले शुन्यमा झार्न नसकेको तर पनि लागि रहेको बताए ।

महानगरीय ट्राफिक प्रहरीले ठुलो मात्रामा राजस्व संकलन गर्ने गरेको बताए । 
 

प्रतिक्रिया दिनुहोस