aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

शिल्पालाई अदालतले दियो झड्का, हंसल मेहता उत्रिए वकालतमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ साउन २०७८
शिल्पालाई अदालतले दियो झड्का, हंसल मेहता उत्रिए वकालतमा

एजेन्सी। पोर्न फिल्मको व्यापारमा संलग्न रहेको आरोपमा राज कुन्द्रा हाल मुम्बई पुलिसको न्यायिक हिरासतमा छन्। उनी जुलाई १९ मा पक्राउ परेका थिए र त्यस बेलादेखि जमानत पाउन सकेका छैनन्। शिल्पा शेट्टी पति राज कुन्द्राको बिजनेस पार्टनर हुन्, त्यसैले उनी आजकल शङ्काको घेरामा छिन्।

उनले आफ्नो धेरै मिडियाले बदनाम गरेको भन्दै अदालतमा उजुरी नै हालेकी थिइन् तर अदालतले उनको दाबीलाई स्विकारेन।  यसरी एक्लिएकी शिल्पाको   निर्देशक हंसल मेहता बचाउमा आएका छन्। उनले शिल्पाको विवादमा बलिउड सेलेब्सको मौनतामाथि प्रश्न उठाएका छन्।

हंसल मेहताले सामाजिक सञ्जालमा लेखेका छन्, "यो मौन एक ढाँचा हो। राम्रो समयमा सबै एक साथ पार्टी गर्छन् तर नराम्रो समयमा सबै मौन रहन्छन्।" उनले अगाडी थपेका छन्, "एकान्त देखिएको छ। सत्य जे होस् क्षति भइसकेको छ। यदि कुनै फिल्मी व्यक्तित्वलाई कुनै आरोप लगाइन्छ भने तब सबै जना उनको गोपनीयता भङ्ग गर्नको लागी कोसिस गर्न सुरु गर्छन्।"

मेहताले मानिसहरू आफैँ निर्णय पारित गर्ने उनको चरित्रमा औँला उठाउने काममा लाग्ने बताएका छन्। नराम्रो समाचार छर्न मानिसहरू लाग्ने गरेको उनको आरोप छ । त्यसैले उनले भनेका छन्, "यदि तपाईँ शिल्पासँग उभिन सक्नुहुन्न भने कम्तीमा उसलाई एक्लै छोड्नुहोस् र कानुनलाई आफ्नो बाटो लाग्न दिनुहोस्। उनीहरूलाई केही गरिमा र गोपनीयता दिनुहोस्।"

यसभन्दा पहिले मेहता रिया चक्रवर्ती उनको बचाउमा आएका थिए जब उनी गत वर्ष प्रेमी सुशान्त सिंह राजपूतको मृत्यु पछि सोसल मिडियामा ट्रोल भइन्। त्यो बेला हंसल मेहताले रियाको बचाउ गर्दै सोसल मिडियामा लेखेका थिए, "भगवानको खातिर उनको अपराध / निर्दोषिता कानुनी रूपमा साबित होस्।"

अर्कोतर्फ शिल्पाले मिडिया संगठन र यूट्यूब च्यानलहरु बिरुद्ध २५ करोड रुपैयाँ क्षतिपूर्ति माग दाबि सहित मानहानीको मुद्दा दायर गरेकि छिन्। शिल्पा शेट्टीले मिडियालाई उनको छवि बदनाम गरेको आरोप लगाउँदै बम्बई उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्।

अभिनेत्रीले आरोप लगाएकी छिन् कि राज कुन्द्राको गिरफ्तारी पछि उनको नाम मिडियामा बदनाम भयो र भ्रामक समाचारले उनको छवि बिगार्‍यो। अभिनेत्रीले यस मामिलामा मिडियाको गलत रिपोर्टिङ  रोक्न अदालतलाई अनुरोध गरिन्। शिल्पाको आरोपमा बम्बई उच्च अदालतले उल्टो झट्का दियो र भन्यो, "पुलिस बयानको आधारमा गरिएको  रिपोर्टिङ मानहानि होइन। तपाईँले स्वतन्त्र रूपमा सार्वजनिक जीवन छनौट गर्नुभयो, त्यसैले त्यस्ता लेखहरू अपमानजनक छैनन्।"

प्रतिक्रिया दिनुहोस