aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
बनेपा सिरिन्ज काणडः

बसभित्रै युवती चिच्याएपछि‍‍‍ ... एस्ताे पाे भएछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
बसभित्रै युवती चिच्याएपछि‍‍‍ ... एस्ताे पाे भएछ

काठमाडाैं । बनेपामा स्थानीयलाई सिरिन्ज हान्ने प्रयास गर्दागर्दै स्याङ्जाका खगेन्द्र प्रसादलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। काभ्रेको बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि उनलाइ नियन्त्रणमा लिएकाे हाे ।

काभ्रेको बनेपामा सिरिन्ज आक्रमण गर्न खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउसमेत् गरेका छन्।

सोमबार दिउँसो १ बजे पाठकलाई सिरिन्ज आक्रमणको आंशकामा नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

के भएछ खासमा
(नाम परिवर्तन) आर बनेपास्थित चार दोबाटोबाट काठमाडौं जान बस चढिन् । बस चढेलगत्तै केही तिखो वस्तुले घोचेको महसुस गरिन् । 

बसेर यात्रा गरेकी ती युवतीले उभिएर यात्रा गरेका नजिकैका पाठकले आफूलाई सिरिन्जले घोचेको भन्दै चिच्याइन् । 

ती युवती चिच्याएपछि बसमा सवार अन्य यात्रुले नियन्त्रणमा लिएर पाठकलाई कुटपिट समेत गरेको एसपी सापकोटाले बताए । उनले भने, ‘युवती चिच्याएपछि पाठकलाई बसबाट बाहिर निकालेर कुटपिट समेत गरेछन् ।’

युवतीलाई तिखो वस्तु घोचेको भन्दै पाठकमाथि कुटपिट गरेको खबर पाएलगत्तै नजिकै रहेको प्रहरी घटनास्थलमा पुगेको एसपी सापकोटा बताउँछन् । 

एसपी सापकोटाले आफैँ घटनास्थल पुगेर पाठक र ती युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । 

पाठक लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए । 

काभ्रेमा दुई साताअघि पनि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस