aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्रीमानले नै गरे श्रीमतीको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
श्रीमानले नै गरे श्रीमतीको हत्या

पोखरा महानगरपालिका १७ विरौटामा आइतबार राति श्रीमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका छन्।

पोखरा २२ पुम्दीभुम्दी घर भइ पोखरा १७ मा बस्दै आएका ४५ वर्षीय ध्रुव भन्ने वीरबहादुर सुनारले श्रीमतीलाई ढुंगाले हानी हत्या गरेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। 

४० वर्षीया गंगा सुनारलाई टाउकोमा ढुंगाले हानी हत्या गरी फरार भएपछि प्रहरीले सोमबार दिउँसो वीरबहादुरलाई पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी सहायक निरीक्षक कुल बहादुर रोक्काको कमाण्डमा खटिएको टोलीले पोखरा २२ कालीमाटीबाट उनलाई पक्राउ गरेका थियो।

उनी पोखरा १७ बिरुवास्थित तुलसी थापाको कुखुरा फर्ममा काम गर्दै आएका थिए।

गंगामाया वीरबहादुरकी कान्छी श्रीमती हुन्।

प्रतिक्रिया दिनुहोस