
एजेन्सी। भारतीय दूरसञ्चार सेवा कम्पनी भोडाफोन आइडिया लिमिटेड बारेको एउटा पत्र सार्वजनिक भएपछि मङ्गलवार एकै दिनमा यो कम्पनीले २७०० करोड अर्थात् २७ अर्व भारतीय रुपैयाँको मार्केट क्याप गुमाएको छ।
अङ्ग्रेजी अखबार 'द टेलिग्राफ' ले यसबारे लेखेको छ कि कम्पनीका अध्यक्ष कुमार मंगलम बिडलाले गत जूनमा भारतका कैबिनेट सचिव राजीव गौबालाई एउटा पत्र लेखेका थिए जुन पत्र सार्वजनिक भएसँगै कम्पनीको पुँजीमा एकै दिन यति ठुलो गिरावट आएको हो।
रिपोर्टका अनुसार जूनमा लेखिएको यो पत्रमा बिडलाले यो ऋणग्रस्त कम्पनीको २६ प्रतिशत शेयर सरकारलाई बेच्ने प्रस्ताव राखेका थिए ताकि भोडाफोन आइडिया लिमिटेलाई जारी राख्न सकियोस्।
उनले पत्रमा लेखे कि भोडाफोन आइडिया लिमिटेडको वित्तीय स्थिति तीव्र गतिमा खराब हुँदै छ। यसको बाबजुद 'परिचालन दक्षता सुधार गर्नको लागी सबै प्रयासहरू भइरहेको छ' तर 'वीआईएललाई चलाउन र सरकारी रकम फिर्ता गर्न २५ हजार करोड अर्थात् साढे २ खर्व रुपैयाँ आवश्यक छ'।
उनले भनेका थिए कि सरकारको समर्थन बिना, जुलाई २०२१ सम्म भोडाफोन आइडिया लिमिटेडको वित्तीय स्थिति अपरिवर्तनीय स्थितिमा पुग्नेछ। यो सँगै उनले भनेका थिए कि २७ करोड भारतीयहरू प्रति आफ्नो जिम्मेवारी बुझेर उनी सरकार समक्ष स्वामित्व हस्तान्तरण गर्ने प्रस्ताव राख्छन्।
यो समाचार सार्वजनिक भएसँगै मङ्गलवार भोडाफोन आइडिया लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत भन्दा भन्दा बढीले गिरावट आएको छ। यो गएको ५२ हप्तामा सबैभन्दा कम स्तरमा झरेको हो । भोडाफोन आइडिया लिमिटेडबाट भारत हाल सरकारले ५ खर्व भन्दा बढी उठाउनु पर्ने छ।
प्रतिक्रिया दिनुहोस