काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री शेरवहादुर देउवासंग छलफल गरेका छन् । उक्त प्रतिनिधि टोलीले लकडाउनका कारण समग्र अटोमोवाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गरि दिन आग्रह गरेका छन् ।
उक्त भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरुलाई राहतको व्यवस्थाका लागि आग्रह गरे ।
साथै सो छलफलमा उनले बन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो–६रबीएस–६ लागु गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसंग माग राखेका हुन् ।
सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो
प्रतिक्रिया दिनुहोस