aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बल्ल आउने भो ज्येष्ठ नागरिकका लागि खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
बल्ल आउने भो ज्येष्ठ नागरिकका लागि खोप

काठमाडौं। जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै दुई चरणमा साउन २३ र २४ गते उक्त खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन्।

साढे १३ लाख ज्येष्ठ नागरिकले व्यग्रताको साथ पर्खिरहेको एस्ट्राजेनेका खोपको १६ लाख मात्रा मध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार नेपाल ल्याइने भएको छ । यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने बताइएको छ।

भारतबाट आपूर्ति हुने विश्वासका साथ सरकारले अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ। तर, पैसा लिएर पनि भारतले खोप नदिंदा अन्यौलता छाएको थियो। त्यसपछी  ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यस अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस