aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछनः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछनः अर्थमन्त्री

काठमाडौं । अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएक छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । 

नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए । उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गतगा भएकाहरुको लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् । 

प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएका छन् । उनले घाइते तथा अपाङ्गता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको जानकारी समेत दिए ।   

प्रतिक्रिया दिनुहोस