aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अडानीको कम्पनीले गर्‍यो आश्चर्यजनक कमाई, मुनाफामा १० गुणाले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
अडानीको कम्पनीले गर्‍यो आश्चर्यजनक कमाई, मुनाफामा १० गुणाले वृद्धि

एजेन्सी। अडानी समूहको ग्रिन एनर्जी लिमिटेड (एजीईएल) ले एक वर्ष अघिको तुलनामा सन् २०२१ को दोस्रो त्रैमासमा आफ्नो मुनाफामा १० गुणा वृद्धि गरेको छ। कम्पनी को मुनाफामा यो जबरजस्त वृद्धि मुख्यतः आयमा भएको वृद्धिको कारण सम्भव भएको हो।

अडानी समूहको अडानी ग्रिन एनर्जी लिमिटेड (एजीईएल) ले यस अवधिमा २ अर्व १९ करोड भारतीय रुपैयाँ नाफा कमाएको छ। एक वर्ष पहिले अर्थात् जुन २०२० को त्रैमासमा कम्पनीले मात्र २२ करोड रुपैयाँ नाफा कमाएको थियो।

जून २०२१ को क्वार्टरमा कम्पनीको कुल आम्दानी १० अर्व ७९ करोड रुपैयाँ पुग्यो, जुन एक वर्ष पहिले जून २०२० त्रैमासमा ८ अर्व ८७ करोड रुपैयाँ थियो।

अडानी समूहका अध्यक्ष गौतम अडानीले यसबारे टिप्पणी गर्दै खुसी व्यक्त गरे।  उनले भने, "एजीईएलको वृद्धि जारी छ। केवल दुई वर्षमा यो कम्पनी पुनर् नवीकरणीय ऊर्जाको क्षेत्रमा विश्व कै अग्रणी संस्था बन्यो ।"

उनले अगाडी थपे, "एसबी एलर्जीको उच्च गुणस्तरीय ऊर्जा पोर्टफोलियोको अधिग्रहणले विश्वको सबैभन्दा ठुलो सौर्य ऊर्जा खेलाडीको रूपमा हाम्रो स्थितिलाई थप मजबुत बनाउँछ। त्यसैले सन् २०३० सम्म हामी संसारको सबैभन्दा ठुलो नवीकरणीय ऊर्जा खेलाडी बन्ने सही बाटोमा छौँ।"

पछिल्लो एक वर्षमा यो कम्पनीको शेयर धेरै बढेको छ। ५  अगस्त 2020 मा कम्पनीको शेयर को मूल्य ३४२ रुपैयाँ थियो, जबकि यो ५ अगस्त अर्थात् बिहीबार ८९३.१५ रुपैयाँ पुगेको छ।  त्यो लगभग २.५ गुणाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस