
एजेन्सी । भारतीय दूरसञ्चार उद्योगमा बढ्दो वित्तीय कठिनाइका कारण उद्योग नै संकटमा पर्ने देखिएको छ । भारतका प्रमुख दूरसंचार कम्पनीहरु अब सरकारबाट राहतको गरिरहेका छन । यसमा भारती एयरटेलका सीईओ गोपाल विठ्ठलले भारत जस्तो ठूलो देशमा दूरसञ्चार कम्पनीहरुको कठिन समयमा सरकारबाट राहतको खाँचो छ बताएका छन् ।
जब एयरटेलले भर्खरै ग्राहकहरुबाट कमाई बढाउने आफ्नो योजनामा परिवर्तन समेत गरेको छ । १.८ लाख करोड ऋणमा ढुबेको बोडाफोन आइडियाका अध्यक्ष कुमार मंगलम बिरलाले अगस्ट ४ मा राजीनामा दिए ।
दुई दिन पहिले, उनले केन्द्रीय क्याबिनेट सचिव राजीव गौबालाई एउटा पत्र लेख्दै कुनै पनि सरकारी कम्पनी वा अन्य कम्पनीहरुलाई कम्पनीमा आफ्नो हिस्सेदारी प्रस्ताव बेच्ने प्रस्ताव गरेका छन । उनको बिर्ला कम्पनीको २७.६६ र भोडाफोन ४४.३९ प्रतिशत शेयर रहेको छ ।
भोडाफोन आइडियाको कमजोर स्थिति मात्र दूरसंचार बजारमा दुई निजी खेलाडीहरु रिलायंस जियो र भारती एयरटेल मात्र बच्ने छन । भारती एयरटेलका सीइओ गोपाल विठ्ठलका अनुसार १३० अर्ब जनसंख्या भएको देशमा तीन निजी कम्पनीहरुको आवश्यकता रहेको जनाएका छन । उनले भने टेलिकम क्षेत्रको कमाइ अझै धेरै कम छ । जसलाई प्रति प्रयोगकर्ता २००–३०० रुपैयाँसम्म बढाउन आवश्यक रहेको छ । यसो गर्यो भने मात्र उद्योगको बिग्रेको अवस्थालाई राहत दिने उनले सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस