aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हनी सिंहले हिंसा गरेको भन्दै पत्नीले मागिन् १० करोड क्षतिपूर्ति, रंगेहात पक्राउ पर्दा हाने बोतलको झटारो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
हनी सिंहले हिंसा गरेको भन्दै पत्नीले मागिन् १० करोड क्षतिपूर्ति, रंगेहात पक्राउ पर्दा हाने बोतलको झटारो

एजेन्सी। भारतीय र्‍यापर हनी सिंह फेरी विवादमा तानिएका छन्। उनलाई पत्नी शालिनी तलवारले घरेलु हिंसा गरेको आरोप लगाएकी हुन्। उनले सिंहसँग १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति समेत  मागेकी छिन्। 

यो घटनापछि र्‍यापर हनी सिंहको व्यक्तिगत जीवन आजकल चर्चामा छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार यो यो हनी सिंहलाई उनकी श्रीमती शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै आफूलाई जनावर जस्तै व्यवहार गर्ने गरेको बताएकी हुन्। यी र्‍यापरकी श्रीमतीले हनी सिंहको धेरै महिलाहरूसँग सम्बन्ध रहेको पनि दाबी गरेकी छिन्।

उनले भनेकी छिन् जब उनले 'ब्राउन रङ्ग दे' को छायाङ्कनको क्रममा एक युवतिसँग हनीलाई यौन सम्बन्ध राख्दै गरेको अवस्थामा रंगेहात पक्रन सफल भइन् त्यो बेला गायकले उनलाई रक्सीको बोतलले झटारो हाने। उनले आफ्नो निवेदनमा सासू भूपिंदर कौर, ससुरा सरबजीत सिंह र बुहारी स्नेहा सिंहको नाम पनि राखेकी छन्। रिपोर्टमा भनिएको छ कि शालिनीले आफ्नो ससुरालीहरू द्वारा गरिएको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहत मागेकी छिन्।

मिडिया रिपोर्टका अनुसार शालिनीले 'घरेलु हिंसाबाट महिलाहरूको सुरक्षा ऐन' अन्तर्गत हनी सिंहबाट १० करोड रुपैयाँ क्षतिपूर्ति मागेकी छिन्। उनले अदालतलाई हीनबाट दिल्लीमा ५ लाख रुपैयाँ भाडा पर्ने घर दिन आग्रह गरेकी छिन् जहाँ उनी आरामले बस्न सक्छिन् किनकि उनी कामदार महिला होइनन् र आफ्नी विधवा आमाको बोझ बन्न चाहँदैनन्।

आफ्नो १२० पृष्ठको निवेदनमा शालिनीले त्यो घटनालाई उल्लेख गरेकी छन् जहाँ उनी घरेलु हिंसाको सिकार भएकी थिइन्। शालिनीले भनेकी छिन् हनी सिंह उनीहरूको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि निकै आक्रोशित बनेका थिए।  शालिनीलाई ती फोटोहरू लिक गरेको आरोप लगाउँदै निर्दयतापूर्वक पिटे। शालिनीले भने कि हनी सिंहले यो गरे किनभने उनी आफ्नो वैवाहिक जीवनको अस्तित्व लुकाउन चाहन्थे। 

शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दायर गरेपछि दिल्लीको अदालतले हनी सिंहलाई २८ अगस्टसम्म जवाफ दिन नोटिस जारी गरेको छ। यसैबिच, अदालतले शालिनीको पक्षमा एक अन्तरिम आदेश पनि पारित गरेको छ र हनी सिंहलाई उनीहरूको संयुक्त स्वामित्वको सम्पत्तिको कारोबारमा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस