पुर्भाधर भए नभएको यकिन नगरी भारतीय तरकारी र फलफुल आयातमा बिषादी परिक्षण अनिवार्य गर्ने निर्णय लिनु गल्ती भएको बताउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादबले माफी मागेका छन् ।
स्वदेशी आयातकर्ताको मागपछि आयात खुलाइएको दाबी उनको छ । मन्त्रालयमा सोमबार आयोजित आकष्मिक पत्रकार सम्मेलनमा उनले माफी मागेकाको समाचार आर्थिक अभियान र कारोबार दैनिकमा प्रकाशित छ।
सम्मेलनमा उनले सचिवको गलत निर्णयको कारण सरकार विवादमा परेको पनि आरोप लगाए । " हामीसँग एउटा मात्र ल्याब रहेछ, त्यसले दिएको रिपोर्ट समेत भरपर्दो रहेन छ । "सचिवहरुलाई यो कुरा थाहा थियो", उनले भने, "थाहा भएको कुरा त मन्त्रीलाई जानकारी दिनु पर्यो नि ।"
प्रतिक्रिया दिनुहोस