काठमाडौं । महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला रु यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला रु
डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।
शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकी सुरक्षा एजेन्सी ९एनएस००, विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी (बोइङ), अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन (जीएमसी)जस्ता कम्पनीले प्रयोग गर्दै आएका छन् ।
एचआरएलका उत्पादन प्रयोग गरिरहेका कम्पनीले थप र नयाँ उपकरण माग गर्नुपर्ने अवस्था आएमा ती कम्पनीले पुनः ल्यावको गुणस्तर, गोपनीयता र सुरक्षा सुनिश्चिता गर्ने उहाँले बताउनुभयो । शर्मा भन्नुहुन्छ– एचआरलका प्रयोगकर्ता यस्ता विषयमा ढुक्क भएपछि मात्रै उत्पादन प्रकृया अघि बढ्छ ।
उहाँका अनुसार एचआरएलले न्यानो टेक्नोलोजीमा आधारित ट्रान्जिस्टर, तीब्र गति र उच्चशक्तिका नवीनतम उपकरण तयार गर्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । नेपाल समाचार पत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस