aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मुकेश अम्बानीलाई ठुलो झट्का, अमेजनले मुद्दा जित्दा रिलायन्सलाई १३ खर्व घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ साउन २०७८
मुकेश अम्बानीलाई ठुलो झट्का, अमेजनले मुद्दा जित्दा रिलायन्सलाई १३ खर्व घाटा

एजेन्सी। भारतका सर्वाधिक धनी व्यापारी मुकेश अम्बानीलाई त्यहाँको सर्वोच्च अदालतले ठुलो झट्का दिएको छ। उनको फ्यूचर-रिलायन्स रिटेल डिलको मामिलामा सर्वोच्च अदालतले अमेजनको पक्षमा फैसला सुनाएको हो। 

अदालतले रिलायन्स-फ्यूचर रिटेल सम्झौतामा रोक लगाएको छ। सर्वोच्च अदालतले भन्यो कि रिलायन्स फ्यूचर ग्रुपको रिटेल सम्पत्ति किन्ने सम्झौतामा अगाडि बढ्न सक्दैन। यो फैसला लगत्तै रिलायन्सको बजार पुँजी १.३ लाख करोड अर्थात् १३ खर्व भारतीय रुपियाँले घटेको छ। यसको मार्केट क्याप १४.७७ लाख करोडबाट घटेर १३.४७ लाख करोडमा झरेको हो।  

भारतीय सञ्चार मध्यमहरूका अनुसार सर्वोच्च अदालतले आदेशमा भनेको छ कि सिंगापुर मध्यस्थकर्ताको निर्णय फ्यूचर रिटेलको बिक्री रोक्नको लागी लागू गर्न सकिन्छ। फ्यूचर रिटेलको रिलायन्स रिटेलसँगको सम्झौताको विषयमा ३.४ बिलियन डलर (२४,७१३ करोड रुपैयाँ) सम्झौता मध्यस्थको निर्णय कार्यान्वयन गर्न योग्य छ। निर्णय पछि रिलायन्स इन्डस्ट्रीजको शेयर बीएसईमा २ प्रतिशतले तल झरेको छ। 

यस वर्ष फेब्रुअरीमा अमेजनले सर्वोच्च अदालतमा फ्युचर ग्रुप विरुद्ध एक उजुरी दायर गरेको थियो। यसले फ्युचर ग्रुपको रिटेल सम्पत्ति रिलायन्स रिटेललाई नबेच्न चुनौती दिएको थियो।

अगस्त २०२० मा रिलायन्स र फ्यूचर रिटेलबिच सम्झौतामा हस्ताक्षर भएको थियो। अमेजन यस सम्झौता विरुद्ध सिंगापुरको मध्यस्थता अदालत पुग्यो। २५ अक्टोबर २०२० मा सिंगापुरको अदालतले यो सम्झौतामा रोक लगायो। सिंगापुर अदालतले अझै पनि कुनै अन्तिम फैसला दिएको छैन।

त्यहाँको अदालतले यसबारे चाँडै नै निर्णय दिन सक्छ, किनकि अक्टोबरमा सम्झौतामा रोक लगाएपछि अदालतले ९० दिनमा निर्णय दिने बताएको थियो। यो रोक सिंगापुर अदालत द्वारा लगाइएको हुनाले रिलायन्स र फ्युचर यस आदेशको पालन गर्न बाध्य थिएनन्। यही कारण अमेजनले सिंगापुर अदालतको आदेश कार्यान्वयन गर्न दिल्ली उच्च अदालतमा अपिल गरेको थियो। रिलायन्स रिटेल र फ्युचर ग्रुप डिल नोभेम्बर २०२० मा भारतीय प्रतिस्पर्धा आयोग (सिसिआई) द्वारा अनुमोदित भएको थियो। 

अगस्ट २०१९ मा अमेजनले फ्युचर ग्रुपको फ्युचर कूपन्समा ४९ प्रतिशत शेयर किनेको थियो। यसका लागि अमेजनले फ्युचर ग्रुपलाई १,४३१ करोड रुपैयाँ तिरेको थियो। फ्युचर रिटेलमा फ्युचर  कूपन्सको १० प्रतिशत सेयर रहेको छ। यसरी अमेजनले फ्युचर रिटेलमा पैसा लगानी गर्न सुरु गरेको थियो।

अमेजन र फ्युचर कूपन्स बिच भएको सम्झौतामा यो निर्णय भएको थियो कि अमेजन ३ देखि १० वर्ष पछि फ्यूचर रिटेलमा  शेयर किन्नको हकदार हुनेछ। यो पनि निर्णय भएको थियो कि फ्यूचर रिटेलले रिलायन्स इन्डस्ट्रीजलाई आफ्नो शेयर बेच्ने छैन।

तर, तब त्यहाँ कोरोनाको कारण लकडाउन थियो र फ्यूचर रिटेलको अवस्था खराब भयो तब किशोर बियानीले एक अन्तर्वार्तामा भनेका थिए कि लकडाउन पछि सबै पसलहरू बन्द गरिएका छन् र कम्पनीलाई आगामी तीन-चार महिनामा ७ हजार करोड रुपैयाँ घाटाको सामना गर्नुपर्नेछ। अन्ततः यो कम्पनी बेच्ने निर्णय गरियो।

अगस्त २०२० मा रिलायन्सले २४,७१३ करोड रुपैयाँमा फ्युचर रिटेल किन्ने घोषणा गर्‍यो। यस सम्झौतामा कुराकानी अलि अगाडि बढ्नु अघि नै अमेजनले यो सम्झौता रोक्न सिंगापुरको अदालतमा पुग्यो। सिंगापुरको अदालतले सो सम्झौतामा रोक लगायो। 

प्रतिक्रिया दिनुहोस