aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

साझाका रात्रीकालिन बस यी रुटमा चल्छन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
साझाका रात्रीकालिन बस यी रुटमा चल्छन

काठमाडौं । साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ । 

गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । ‘यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए ।

अहिले तीनवटा बस थप गरी एक घन्टा ढिलोसम्म सञ्चालन गर्न थालेका छौँ,’ उनले भने, ‘यो ट्रायलका रूपमा सञ्चालन गरेका हौँ । केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् ।’ साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये चारवटा बस भने लामो दूरीमा सञ्चालन हुन्छन् । बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित छन् । नयाँ पत्रिका दैनिक बाट

प्रतिक्रिया दिनुहोस