काठमाडौं । कोरोना संक्रमण बढेसँगै सबै परीक्षा स्थगन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । सरकारले साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राज्यमन्त्री उमेश श्रेष्ठले एक ट्विट गर्दै उनले भनेका छन, 'कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु ।'
प्रतिक्रिया दिनुहोस