aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

रुद्राक्ष जोगाउन बोटमा सिसी क्यामेरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
रुद्राक्ष जोगाउन बोटमा सिसी क्यामेरा

संखुवासभामा पछिल्लो समय बोटबादै रुद्राक्ष चोरी हुने र राम्रा रुद्राक्ष फल्ने बोट ढाल्ने त्रास बढेपछि अहिले रुद्राक्ष कृषकले बगानमै सिसी क्यामेरा जाडन गर्न थालेका छन् ।

गुणस्तरीय फल दिने रुद्राक्षको बोटमा क्षति पुर्याउने  घटना बढेपछि किसानले रुद्राक्षको बगानमै क्यामरा जडान गरेका हुन् । गत वर्ष याफु गाउँमा नै बहुमुल्य रुद्राक्ष फाल्ने बोटमा अज्ञात समुहले आराले काटेर क्षति पुर्याएपछी गाउँका अरु कृषकहरु पनि त्रसित बनेका छन् ।

गोप्य ठाउमा क्यामेरा जदाब गरेपछी कोहि कसैले क्षति पुर्याए कारवाही गर्न सहज हुने कृषक र व्यवशायीहरुको भनाई छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस