aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

बिहान ७ बजेदेखि बसेकाे मन्त्रिपरिषद बैठक निर्णय नगरी सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
बिहान ७ बजेदेखि बसेकाे मन्त्रिपरिषद बैठक निर्णय नगरी सकियो

काठमाडौं । मंगलबार बिहानैदेखि बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी बेलुका बालुवाटारमा बस्ने गरी सकिएको हो ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

आजको बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र वन मन्त्री शक्ति बस्नेत अनुपस्थित भएको र उनीहरुको सहभागितामा बेलुका प्रधानमन्त्री निवास बालुवाटरमै बैठक बस्ने गरी बैठक टु‌गिएको हो ।

बैठकमा विषादीयुक्त तरकारीका विषयमा सरकारले गरेको निर्णय, मन्त्रिपरिषदका सदस्यको फेरबदल लगायतका विषयमा छलफ‍ल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस