aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मुकेश अम्बानीलाई ठूलो झड्का, अमजेजनको पक्षमा फैसला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ साउन २०७८
मुकेश अम्बानीलाई ठूलो झड्का, अमजेजनको पक्षमा फैसला

एजेन्सी । उद्योगपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजलाई शुक्रबार ठूलो झट्का लागेको छ । भारतको सर्वोच्च अदालतले फ्यूचर रिटेलको अधिग्रहण सम्बन्धी फ्युचर ग्रुपसँगको कम्पनीको सम्झौतालाई रोक लगाएको छ ।  यस अदातलल   अमेजनको पक्षमा फैसला सुनाएपछि अम्बानीलाई झड्का लागेको हो ।

मुद्दाको सुनुवाई गर्दै न्यायाधीश आर एफ नरिमन र बी.आर गवईले सिंगापुरको आपतकालीन मध्यस्थ अदाल को निर्णय देशमा लागू हुने उल्लेख गरेको छ । यस मुद्दाको अन्तिम सुनुवाईको क्रममा फ्यूचर रिटेलका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता हरीश साल्वेले सिंगापुर मध्यस्थता अदालतको आदेशको वैधतामाथि प्रश्न उठाएका थिए ।

 यस सन्दर्भमा, अमेजनको तर्फबाट अधिवक्ता गोपाल सुब्रमण्यमले बेन्चलाई भने सिंगापुरको मध्यस्थता अदालतको निर्णयले अदालतको निर्णयलाई फ्यूचर रिटेललाई रिलायन्स रिटेलमा मर्ज गर्नबाट रोक्छ । 
 

प्रतिक्रिया दिनुहोस