aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अब सरकारले सीमा समस्या समाधान र स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ साउन २०७८
अब सरकारले सीमा समस्या समाधान र स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्ने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले घोषण गरेका हुन् । उनले भने, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने । सीमा क्षेत्रमा सुरक्षाका लागि सीमा चौकी बीओपीहरु वृद्धि गर्ने ।’ साथै उनले राष्ट्रिय सुरक्षा नीति देश र जनताको हित हुनेगरी आवश्यक परिमार्जन गरिने बताए ।

संयोजक खड्काले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने समेत घोषणा गरेका छन् । उनले भने, ‘स्वास्थ्य सामग्रीमा भएका अनियमिततालाई छानबिन गर्ने र दोषी देखिएकालाई व्यक्ति संस्था उपर कानुनी कारबाही गर्ने ।’ कोरोना महामारी फैलिँदै गर्दा तत्कालीन केपी ओली सरकारका पालमा स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको दाबी गरिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस