aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ साउन २०७८
यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।  

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले घोषण गरेका हुन् । उनले भने, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने । सीमा क्षेत्रमा सुरक्षाका लागि सीमा चौकी बीओपीहरु वृद्धि गर्ने ।’ साथै उनले राष्ट्रिय सुरक्षा नीति देश र जनताको हित हुनेगरी आवश्यक परिमार्जन गरिने बताए ।

संयोजक खड्काले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने समेत घोषणा गरेका छन् । उनले भने, ‘स्वास्थ्य सामग्रीमा भएका अनियमिततालाई छानबिन गर्ने र दोषी देखिएकालाई व्यक्ति संस्था उपर कानुनी कारबाही गर्ने ।’ कोरोना महामारी फैलिँदै गर्दा तत्कालीन केपी ओली सरकारका पालमा स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको दाबी गरिँदै आएको छ । 

उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा, गठबन्धनबाट शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। साथै, कार्यदल संयोजक रहेका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बाचन गरेर सुनाएका थिए। खड्का नेतृत्वमा कांग्रेसका २, माओवादीका २ र जसपाका २ गरी सात सदस्यीय कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम बनाएका थिए।   

हेर्नुहोस् पूर्णपाठ  

प्रतिक्रिया दिनुहोस