
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले मानवीय क्षतिसँगै देशको अर्थतन्त्रलाई पनि गम्भीर असर पुर्यायो । कोरोना संक्रमण फैलिएसँगै व्यापार व्यवसाय ठप्प हुन थाल्यो ।
विशेषगरी महामारीको दौरान व्यापार व्यवसायमा नयाँ लगानीकर्ताहरु आउने क्रम नगन्य नै भयो । विश्यव्यापी रुपमा यसको असर झन् ठूलो संकटको रुपमा देखियो । यतिसम्म कि दैनिक करोडौँको कारोवार गर्ने कतिपय ठूला व्यवसाय पनि महामारीको अवधिमा बन्द नै भए ।
नेपालको सन्दर्भमा महामारीको चौतर्फी असरका बावजुद सेयर बजारमा केही आशामुलक अवस्था देखियो । विज्ञहरुका अनुसार यसबीचमा सेयर बजारमा नयाँ लगानीकर्ताहरु बढिरहेका छन् ।
संक्रमण नियन्त्रणका लागि सरकारले लामो समयसम्म निषेधाज्ञा जारी गर्यो । जसले गर्दा आम नागरिक घरभित्रै बस्न बाध्य भए । यही अवस्थाको लाभ लिँदै कतिपय मानिसले कोठाभित्रै बसेर सेयरमा लगानी गर्न थाले ।
सेयर विश्लेषक सन्तोष मैनालीका अनुसार विद्युतीय माध्यमबाट अनलाईन मार्फत भुक्तानी र कारोबार गर्ने अवसरले पनि सेयर बजारमा लगानीकर्ता बढेका छन् । व्यापार व्यवसायमा लगानी नगर्नेहरुको संख्या वृद्धि भएकोले पनि पछिल्लो समय सेयर बजारमा कारोबार र भुक्तानीमा राम्रो प्रभाव परेको बताउँछन् मैनाली ।
गत आर्थिक वर्षमा निषेधाज्ञाको कारण दुई महिना सेयर बजार बन्द गरिएको थियो । तर असार १५ गतेबाट सेयर बजार खुल्दा दोब्बरले कारोबार वृद्धि भएको मैनालीले बताए ।
पुँजी बजार लगानी संघका अध्यक्ष राधा पोखरेलका अनुसार पछिल्लो समय सेयर बजारको अवसथा पछिल्लो समय सुधार हुँदैआएको छ । सहरी क्षेत्रका बासिन्दाहरु बढी मात्रामा सेयर बजारतिर आर्कषित हुन थालेको पोखरेल बताउँछिन् । कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि लगानीकर्ताहरुको ध्यान सेयर बजारतिर गएकाले पनि सेयर बजारमा राम्रो सुधार आएको अनुभव पौडेलको छ । यद्यपि सहरको तुलनामा गाम्रीण क्षेत्रमा भने सेयर लगानीकर्ताको संख्या कम नै छ ।
बढ्दैछन् लगानीकर्ता
अघिल्लो आर्थिक वर्षमा १८ लाख सेयर लगानीकर्ता थिए भने अहिले बढेर २० लाख पुगे । अर्थात् एक वर्षको अवधिमा दुई लाख नयाँ लगानीकर्ता थपिएका छन् ।अन्य व्यापार व्यवसाय धरासयी हुनु पनि यसको प्रमुख कारणमध्ये एक मानिन्छ । महामारीको अवधिमा अन्य क्षेत्रमा लगानी गर्नु जोखिमयुक्त भएकैले मानिसहरु थोरै रकम भए पनि सेयरमा लगानी गर्ने क्रम बढेको विश्लेषकहरुको अनुभव छ ।
अन्य धेरैजसो क्षेत्र धराशायी बनेको अवस्थामा आफूसँग भएको पैसा घरमै थन्क्याएर राख्नु भन्दा लगानी गर्दा केही लाभ मिल्ला भन्ने आशाले पनि मानिसहरुले सेयरमा लगानी गर्न थाले, पौडेल बताउँछिन् । यसवाहेक लकडाउनको अवधिमा फुर्सद भएकाले पनि कतिपय मानिसले सेयरमा लगानी गर्न थालेको विश्लेषकहरुको बुझाइ छ ।
उनका अनुसार सकारात्मक बजारमा सेयरको कुरा सुन्ने बित्तिकै नाक खुम्च्याउने र सेयरबारे जानकार नै नभएकाहरुले समेत निरन्तरको बढ्दो बजारसँग चासो देखाउने गरेको पाइन्छ । घट्दो ब्याजदर र अन्यत्र लगानीको उचित वातावरण नहुँदा सबै क्षेत्रको रकम बजारमै खनिएको उनको भनाइ छ ।
कुन क्षेत्र सुरक्षित ?
सेयर लगानीको क्षेत्रमा अहिले बैंकिङ प्रणालीलाई तुलनात्मक रुपमा बढी सुरक्षित मानिन्छ । पौडेलका अनुसार बैंकिङ क्षेत्रको सेयर ुअन्डर भ्यालुु हुन्छ । जसले गर्दा पनि यसलाई सुरक्षित मानिन्छ ।
बैंकिङ क्षेत्रको प्रचार बढी हुने भएकोले पनि मानिसहरुको ध्यान यस क्षेत्रमा आकर्षित हुने पौडेल बताउँछिन् । तर पछिल्लो समय असुरक्षित मानिएका कम्पनीहरुमा पनि सेयर लगानीकर्ताको संख्या बढिरहेको विश्लेषकहरु बताउँछन् ।
यसअघिका अध्ययनले के देखाउँछन् भने विशेषगरी पुनारा पुँजीपतिहरुले बैंकिङ क्षेत्रमा लगानी बढाउने गर्छन् । बैंकीङ क्षेत्रको विश्वसनीयता र दिगोपनले गर्दा नै यस क्षेत्रलाई बढी विश्वसनीय मानिने विश्लेषकहरुको भनाइ छ। सेयर बजारमा लगानी गर्न आउनेहरुसँग आआफ्नै रणनीति हुने गर्छ । तर कम्तिमा पुँजी बजारको जानकारी लिएर मात्रै लगानी गर्नुपर्ने विश्लेषकहरुको सुझाव छ ।
चार्डपवमा सेयर बजारमा कस्तो प्रभाव ?
सामान्यतस् चाडपर्वमा किनमेल बढी नै हुनेगर्छ । कोरोना महामारीका बावजुद चाडवाड नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । यद्यपि कोरोना महामारीअघिका वर्षमा जस्तो छैन ।
तैपनि विज्ञहरुका अनुसार दशैँ, तिहार, तीज लगायत चाडवाडका बेला सेयर बजार केही सुस्त हुने गरेको छ । मानिसहरु यस्ता अवसरमा नयाँ लगानी गर्ने भन्दा पनि धेरै खर्च गर्छन् । जसले गर्दा चाडवाडका बेला सेयर बजार सुस्त हुने गरेको बताइन्छ ।
सेयर विश्लेषक सन्तोष मैनाली भने यस्ता चाडवाडमा हुने किनमेल र अन्य खर्चले सेयर बजारमा कुनै प्रभाव नपार्ने दावी गर्छन् । बरु चार्डपवले कारोबारमा केही प्रभाव पार्ने गरेको हुन्छ । चार्डपर्वमा मानिसहरुले बढी खर्च गर्ने भएकाले पनि सेयर बजारमा केही असर नपार्ने मैनाली बताउँछन् ।
प्रतिक्रिया दिनुहोस