aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेबिको बिस्कुटमा लागेको आगलागीबाट ५० करोडको क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ साउन २०७८
नेबिको बिस्कुटमा लागेको आगलागीबाट ५० करोडको क्षति

काठमाडौं । बालाजुको औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उत्पादन गर्ने कारखानामा लागेको आगलागीबाट ठुलो क्षति भएको छ । नेपालकै पहिलो र अग्रणी बिस्कुटका रूपमा स्थापित नेबिको कारखानामा शनिवार लागेको आगलागीबाट अनुमानित ५० करोडको क्षति भएको कम्पनीका मार्केटिङ तथा अनुसन्धान विभाग प्रमुख अरुण पौडेलले बताए ।    

पौडेलले आर्थिक न्युजसँग भने, ‘आइतबार र सोमबार कम्पनी र बीमा कम्पनीका प्रतिनिधिहरू दुवै पक्षले अनुगमन गरेका छौँ । अनुगमनमा ५० करोडको क्षति भएको अनुमान गरिएको छ ।’ उनले अगाडी थपे, ‘यो क्षति भनेको अनुमानित हो । केही तलमाथि हुनसक्छ ।’     

कारखानामा शनिवार बिहान २ बजेदेखि लागेको आगो १० घण्टा पछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि दमकल, ट्याङ्कर, सिम्रिक एयरको हेलिकोप्टर लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका थिए ।     

 

प्रतिक्रिया दिनुहोस