aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भारतीय निजी टेलिकम डुब्दा सरकारलाई १.६० लाख करोड घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ साउन २०७८
भारतीय निजी टेलिकम डुब्दा सरकारलाई १.६० लाख करोड घाटा

एजेन्सी । भारतीय टेलिकम कम्पनी भोडाफोन आइडिया बन्द हुदा  सबैभन्दा ठूलो घाटा सरकारलाई हुने भएको छ । भोडाफोन आइडियाकमा सरकारलाई १.६० लाख करोड भारु घाटा लाग्न सक्छ । भोडाफोन आइडियाको कुल कर्जा १.८० लाख करोड भारु छ ।

भोडाफोन आइडिया दुबै सार्वजनिक र निजी बैंकहरुको ३५ हजार करोड रुपैयाँ भारु ऋण छ । यस बाहेक नन कनभर्टिबल डिबेंचर ७,५०० करोड रुपैयाँ भारु बराबरको ऋण छ । यो यस आर्थिक वर्षमा परिपक्व हुनेछ र लगानीकर्ताहरुलाई पैसा तिर्न पर्ने हुन्छ । त्यो हो, कम्पनीले बण्ड जारी गरेर लगानीकर्ताहरुबाट पैसा उठाएको थियो ।

भोडाफोन आइडियामा सरकारले पाउन पर्ने ९६३०० करोड भारु स्पेक्ट्रमको लागी भुक्तान गरीएको छ । ६१,००० करोड रुपैयाँ भारुको एडजस्टेड रेभिन्यू रहेको छ ।  यस बाहेक, बैंकहरु २३,१०० करोड रुपैयाँ भारु बराबर भुक्तानी गर्न बाँकी छ । यसमा धेरै पैसा सार्वजनिक क्षेत्रका बैंकहरुबाट उठाइएको छ । यस बाहेक, त्यहाँ हजारौं करोडको बैंक ग्यारेन्टी पनि छ । साथै, एजीआर, स्पेक्ट्रम र बैंकको ऋणको ब्याज अलगै छ ।  भोडाफोन आइडियाको मार्चसम्म मात्र ३५० करोड रुपैयाँ भारुको नगद ब्यालेन्स मात्र रहेको छ । 

भारतको सबैभन्दा ठूलो बैंक भारतीय स्टेट बैंक (एसबीआई) ११ हजार करोड रुपैयाँ ऋण छ । पञ्जाब नेशनल बैंकको ३,००० करोड रुपैयाँ भारु ऋण छ । निजी बैंकहरुमध्ये यस बैंक को ४,००० करोड रुपैयाँभारु ऋण छ । जसमा आइएफसी बैंक ३,२४० करोड र इन्डसइन्ड बैंक ३,५०० करोड रुपैयाँ ऋण छ ।

प्रतिक्रिया दिनुहोस