
एजेन्सी। कुनै पनि ठुलो सेलिब्रिटीसँग धेरै जिम्मेवारी हुन्छ। जसले गर्दा उनीहरूको जीवनको लागत पनि धेरै नै बन्छ। यस कारण सेलिब्रेटीको जीवनमा सुरक्षाको आवश्यकता निकै नै बढी छ। त्यसमाथि बलिउडका कलाकारहरूको त अनेकौँ कारण सुरक्षाको विषय महत्त्वपूर्ण हुने गर्छ।
बलिउड अभिनेत्री दीपिका पादुकोण पनि एक स्टार हुन्। त्यसैले उनीसँग आफ्नो सुरक्षाको लागि एक सुरक्षा टोली पनि छ। जसको नेतृत्व जलाल नामको एक व्यक्तिले गरेका छन् ।
जलाल दीपिकाका अङ्गरक्षक हुन्। त्यसैले उनी दीपिकाको सुरक्षाको लागि जिम्मेवार छन्। उनी दीपिका पादुकोणलाई भीडको साथसाथै अन्य मानिसहरू र समस्याहरूबाट बचाउँछन्। जसका लागि उनी सधैँ दीपिकाको छाया झैँ रहन्छन्। दीपिका जलाललाई आफ्नो स्टाफको रूपमा नभई एक भाइको रूपमा व्यवहार गर्छिन् र उनीसँग राखी पनि बाँद्छिन।
दीपिका पादुकोण र रणवीर सिंहको विवाहको समयमा पनि जलाल कार्यक्रम स्थलको सुरक्षा प्रमुख थिए। जलालको जागिर गाह्रो छ र यसैले उनको तलब पनि धेरै छ। रिपोर्टका अनुसार दीपिका पादुकोण जलाललाई आफ्नो सुरक्षाको लागी प्रति वर्ष ८० लाख देखि १ करोड २० लाख भारतीय रुपैयाँ दिन्छिन्।
दीपिका पादुकोण मात्र होइन, सलमान खान र अनुष्का शर्माले पनि आफ्नो अङ्गरक्षकलाई ठुलो रकम दिन्छन्। सलमान खानका अङ्गरक्षक शेरा निकै चर्चित छन्। सलमानले उनीहरूलाई एक महिनाको लागी १५ लाख अर्थात् एक वर्षको २ करोड उनीहरूको सुरक्षाको लागी दिन्छन्।
त्यस्तै, अनुष्का शर्माले आफ्नो अङ्गरक्षक प्रकाशलाई एक वर्षको लागी १ करोड २० लाख रुपैयाँ दिन्छिन्। शाहरुख खानको बारेमा कुरा गर्दा उनी आफ्नो अङ्गरक्षक रवि सिंहलाई २ करोड ७० लाख रुपैयाँ एक वर्षको लागी दिन्छन्।
प्रतिक्रिया दिनुहोस