aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता किन दिन सकेनन ? स्वकीय नियुक्तीमा श्रीमतिको अवरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ साउन २०७८
देउवाले मन्त्रिपरिषद्लाई पूर्णता किन दिन सकेनन ? स्वकीय नियुक्तीमा श्रीमतिको अवरोध

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् । 

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त  गर्ने उनको चाहानामा पत्नी आरजु बाधक बनेकी छन् । उनी भानुलाई कुनै पनि हालतमा नियुक्त गर्ने पक्षमा छैनन्  । भतिज प्रकाश देउवालाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने आरजुको अडानका कारण सचिवालय रिक्त भएको हो । 

यसबाट बालुवाटारमा दुई गुट रहेको प्रस्ट हुन्छ । देउवालाई महान बनाउने नाममा आरजुको योजनामा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने।।।।’ भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएका छन् । यसको चौतर्फी विरोध भएको छ । सचिवालयले पूर्णता नपाउँदै बालुवाटरमा कुन गिरोह पसेर उल्कापात मच्चाएको हो भन्ने कुरा स्वयं प्रधानमन्त्रीले पनि थाहा पाएका छैनन् । दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस