aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अर्थमन्त्रीले आज श्वेतपत्र सार्वजनिक गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ साउन २०७८
अर्थमन्त्रीले आज श्वेतपत्र सार्वजनिक गर्ने

काठमाडौं । अर्थमन्त्रीले आज मङ्गलवार संसद्मा श्वेतपत्र सार्वजनिक गर्ने भएका छन्। मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन  श्वेतपत्र जारी गर्न लागिएको हो। 

अर्थमन्त्री बने लगत्तै जनार्दन शर्माले श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए। त्यसको तत्कालै आलोचना भएको थियो। पछि धेरै अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरू समेतले अर्थमन्त्रीलाई श्वेतपत्र जारी भए विचार गर्नुपर्ने कुराहरू बारे अवगत गराएका थिए।

स्रोतका अनुसार तिनै सुझाव र विगतमा अर्थमन्त्री रहेका बेला डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रका सम्बन्धमा आएका प्रतिक्रियालाई समेत ध्यानमा राख्दै आज सार्वजनिक हुने श्वेतपत्र तयार गरिएको छ। 

देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने व्यवस्थापिका सांसदलाई जानकारी दिन आज श्वेतपत्र सार्वजनिक हुन् लागेको संसद् सचिवालय अवस्थित स्रोतले समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस