aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

ओलीको प्रचण्डलाई जवाफ– तपाई आगो त हो तर, एक/दुई बाल्टी पानीले निभाएको नभुल्नू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ साउन २०७८
ओलीको प्रचण्डलाई जवाफ– तपाई आगो त हो तर, एक/दुई बाल्टी पानीले निभाएको नभुल्नू

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बन्ने बित्तिकै आफूलाई धम्क्याएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने बित्तिकै संसद्को रोष्टममा उभिएर आफूलाई नचलाउन चेतावनी दिएको उनले स्मरण गरे । प्रचण्डले म आगो हुँ । मलाइ नचलाउनु भनी धम्की दिएको उनको आरोप थियो । 

उनले भने, ‘थाहा छ उहाँले डढेलो लगाउनु हुन्छ । तर, याद होस् एक दुई बाल्टीले त्यो आगो निभाएको कुरा ।’ त्यसैले त्यस्ता धम्किको हुनै अर्थ नरहेको उनले बताए ।   

 

प्रतिक्रिया दिनुहोस