
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ सरकारले ल्याएको सुयुक्त सरकारको साझा न्युनतम कार्यक्रमबारे कटाक्ष गरेका छन् । उनले त्यसमा आफूले कांग्रेसको अनुहार नै नदेखिएको टिप्पणी गरे ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै ओलीले सरकारले संसद् छलेर उक्त कार्यक्रम जारी गरेको आरोप लगाए । यसलाई आधिकारिक मान्ने या नमान्ने उनको प्रश्न थियो । साथै उनले सरकारले ल्याएको उक्त कार्यक्रम सरकारको को साझाको भनेर प्रश्न संकेत गरेका थिए ।
त्यसमा सबै कुरा अस्पष्ट भएको उनको भनाई छ । कुनै ठोस कुरा नै नरहेको समेत उनले आरोप लगाए । उनले प्रश्न गरे–एमसीसीबारे किन उल्लेख नगरेको ? लिम्पियाधुरा, कालापानीको भूभाग नेपालमै गाभ्छु भन्न किन नसकेको ?
उनले एमसीसीबारे बोल्न र लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउने घोषणा गर्न उनले सरकारलाई चुनौती दिए । उनले एमसीसीबारे यति धेरै प्रश्न गरे की उनको सम्बोधनमा सो शब्द पटक पटक दोहोरियो । सरकारको साझा कार्यक्रममा एमसीसी शब्द नै नपरेको भन्ने विषयलाई उठान गर्दा ओलीले दर्जनौँ पटक एमसीसी शब्द बोलेका हुन् ।
उनले प्रधानमन्त्रीलाई भने, ‘एमसीसी ए्यहि टेबलमा छ । पेश गर्नुहोस् । १६५ तपाइसँगै छन् । ड्याम ड्याम तालि बजाएर पाश गर्नुहोस् ।’
छिमेकीहरूसँगको सीमा विवादको कुरा उल्लेख गरेका कुरामा उनले भने, ‘जम्मा कति छिमेकी छन् र को को सँग सीमा समस्या छ ? त्यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने बित्तिकै संसद्को रोष्टममा उभिएर आफूलाई नचलाउन चेतावनी दिएको उनले स्मरण गरे । प्रचण्डले म आगो हुँ । मलाइ नचलाउनु भनी धम्की दिएको उनको आरोप थियो ।
उनले भने, ‘थाहा छ उहाँले डढेलो लगाउनु हुन्छ । तर, याद होस् एक दुई बाल्टीले त्यो आगो निभाएको कुरा ।’ त्यसैले त्यस्ता धम्किको हुनै अर्थ नरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस