aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बजेटलाई असंवैधानिक भन्दै अर्थमन्त्रीले जारी गरे ‘स्वेतपत्र’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ साउन २०७८
बजेटलाई असंवैधानिक भन्दै अर्थमन्त्रीले जारी गरे ‘स्वेतपत्र’

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट असंवैधानिक रूपमा प्रस्तुत भएको बताएका छन्। अत्यादेश मार्फत आएको बजेटलाई अर्थमन्त्रीले मंगलबार संघीय संसदमा बोल्दै सम्वैधानिक भनेका हुन्। उनले अघिल्लो सरकारले खोपको फितलो व्यवस्थापन गरेको आरोप लगाए। सबैलाई खोप लगाएर अर्थतन्त्रलाई चलायमान गर्न मिल्ने अवस्था सिर्जना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

उनले बजेट मार्फत आर्थिक वर्ष २०७८र८९ मा घोषणा गरिए अनुसारको आर्थिक वृद्धि नहुने बताएका छन्। विगतमा पनि अनुमान गरिएको जस्तो आर्थिक वृद्धि हुन नसकेको उनले जनाएका छन्। नेपालीहरु उपभोक्तावादी हुँदा उत्पादनमूलक पुँजी विस्तार हुन नसकेको उनले टिप्पणी गरेका छन्। पुँजी निर्माणको क्षेत्रमा समेत समस्या रहेको अर्थमन्त्री शर्माले बताएका हुन्।

सरकारी खर्च बढे पनी पुँजीगत खर्च हुन नसकेको उनले जनाएका छन्। बजेट कार्यान्वयन क्षमतासँग मेल नखाने परियोजनामा बजेट विनियोजन गर्दा यस्तो समस्या उत्पन्न भएको उनको भनाई छ। उनले राजश्व परिचालनमा दिगोपन आउन नसकेको बताएका छन्। अर्थमन्त्रीले श्वेतपत्र नभनिकन सार्वजनिक गरेको श्वेतपत्र जस्तै विवरण अनुसार समग्र निर्यात बढे पनि आयात त्यसैगरी बढेको देखाइएको छ।

अर्थमन्त्रीले संसदमा सार्वजनिक गरेको वित्तिय विवरण अनुसार सार्वजनिक ऋण अत्याधिक बढेको छ। ऋण बढेपनि मुलुकमा विकास भने हुन नसकेको भन्दै आर्थिक परिदृश्य कठिन रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस